स्वास्थ्य सचिव डा चौधरीको राजिनामा स्वीकृत 



Download our app to get more features


काठमाडौं, ३ माघ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौधरीको राजिनामा स्वीकृत भएको छ ।

स्वास्थ्य मन्त्रालयले चौधरीको राजिनामा स्वीकृत भएको जनाएको छ ।  गत १३ कात्तिकमा चौधरीले पदबाट राजिनामा दिएकी थिइन् । तर राजिनामा स्वीकृत भएको थिएन ।

 सचिव डा चौधरीले गत १३ कात्तिक मिडिया समक्ष आजैको मितिबाट राजिनामा दिएको जनाएकी थिइन् । तर उनले १३ कात्तिकबाट लागू हुने गरी राजिनामा दिएकी थिन् । १७ कात्तिकमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीको राजिनामा अस्विकृत गरेको थियो ।
 

Last modified on 2020-01-17 12:58:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts