सुदूरपश्चिममा क्षयरोग अनुसन्धान केन्द्र स्थापना, बेल्जियमकी राजकुमारीले उद्घाटन गर्ने



Download our app to get more features

धनगढी, ४ माघ । सुदूरपश्चिम प्रदेशमा क्षयरोग अनुसन्धान केन्द्र स्थापना भएको छ ।

कैलालीको गोदावरी नगरपालिका– ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार प्रदेश व्यवस्थापन तथा अनुसन्धान केन्द्र स्थापना भएको हो ।
 
उक्त अनुसन्धान केन्दको उद्घाटन गर्न बेल्जियमकी राजकुमारी एस्ट्रिड कैलाली आउने भएकी छिन् । उद्घाटनका लागी यहि माघ ६ गते राजकुमारी एस्ट्रिड, स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वास्थ सेवा विभागका निर्देशक आउने कार्यक्रम तय भएको सुदूपश्चिम प्रदेशका स्वास्थ निर्देशक डा. गुणराज अवस्थीले बताए । 

बेल्जियमकी राजकुमारी एस्ट्रिड बेल्जियमको स्वास्थ्यसम्बन्धी काम गर्ने गैर सरकारी संस्था दामियन फाउन्डेसनको कार्यक्रममा सहभागी हुन नेपाल आउन लागेकी हुन् । उक्त संस्थाको उनी मानार्थ अध्यक्ष समेत छिन् ।

क्षयरोग अनुसन्धान केन्द्रमा दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको र मानव संशाधन विकास प्रतिष्ठानकोे भौतिक पुर्वाधारमा सहयोग रहेको स्वास्थ निर्देशनालयले जनाएको छ । 

Last modified on 2020-01-19 11:36:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts