एनएमएको २८ औं केन्द्रीय समिति चयनका लागि उपत्यका बाहिर आज निर्वाचन हुँदै



Download our app to get more features

काठमाडौं, ४ माघ । नेपाल चिकित्सक संघको २८ औँ केन्द्रीय कार्यकारिणी समितिको लागि आजबाट मतदान हुँदैछ । 

उपत्यका बाहिर आज र भोली गरि २ दिन १६ स्थानमा निर्वाचन हुँदैछ । उपत्यकामा भने आगामी १७ देखि २१ माघमा निर्वाचन हुने छ ।

निर्वाचन समितिले निर्वाचनका लागि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय छुट्याएको छ । बिहान ११ बजे अघि चिकित्सकहरुले नियमित रुपमा बिरामी हेर्नुपर्ने भन्दै ११ बजेका लागि समय तय गरिएको हो ।

करिब १० हजार मतदाता रहेको यसपटकको निर्वाचनमा झन्डै ४० प्रतिशत मतदाता उपत्यका बाहिर रहेको प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले बताए ।

समितिले यसपालिको निर्वाचनमा भोट हाल्न छुटेकाले १७ देखि २१ सम्म उपत्यकामा हुने निर्वाचनमा भोट खसाल्न सक्ने पनि बताएको छ । तर, त्यसका लागि निवेदन दिनुपर्ने र मुल सूचीमा मतदाता नामावली हुनुपर्ने व्यवस्था गरेको छ ।

यसपटकको निर्वाचनमा लोकतान्त्रिक प्यानल र पेशागत समावेशी प्यानलबीचमै प्रतिस्पर्धा हुनेछ । 

Last modified on 2020-01-19 11:36:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts