एनएमएको पहिलो दिनको चुनावमा सुदूरपश्चिममा खस्यो ५८ मत, चितवनमा खस्यो १ सय ८५ मत 



Download our app to get more features

धनगढी, ४ माघ । नेपाल चिकित्सक संघको २८ औं कार्यकारिणी समितिका लागि शनिबार भएको मतदानमा ५८ वटा मत खसेको छ ।

धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा रहेको चिकित्सक संघको भवनमा शनिबार पहिलो दिन भएको मतदानमा ५८ मत खसेको हो ।

सुदूरपश्चिम प्रदेशमा १ सय २ जना मतदाता रहेकोमा पहिलो दिन ५८ मत खसेको सहायक मतदान अधिकृत डाक्टर जगदिश जोशीले जानकारी दिए । प्रदेशको ९ वटै जिल्लाको मतदान केन्द्र संघको धनगढीस्थित सभाहलमा तोकिएको छ ।

शनिबार बिहान ११ बजेदेखि शुरु भएको मतदानको समय ४ बजेसम्म रहेको थियो ।  आइतबार पुनः ११ बजेदेखि ४ बजेसम्म मतदान हुनेछ ।

यस्तै, शनिबारै भएको एनमएको चुनावमा चितवनमा भने ४५० मतदाता रहेकाेमा १८५ मत खसेकाे प्रमुख मतदान अधिकृत डा. श्रीराम तिवारीले हाम्रो डाक्टर न्युजलाई जानकारी दिए ।

Last modified on 2020-01-19 11:37:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts