अफिनको प्रदेश ५ को अध्यक्षमा खरेल सर्वसम्मत 



Download our app to get more features

रुपन्देही, ५ माघ । निजी अस्पतालहरुको छाता संस्था एशोसियशन अफ प्राईभेट हेल्थ ईन्स्टिच्युट अफ नेपाल (अफिन ) को प्रदेश नम्बर ५ को अध्यक्षमा बुटवलका रामप्रसाद खरेल निर्बाचित भएका छन ।

बुटवलमा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट खरेल अफिनको प्रदेश अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दाडका किशोर खत्री, सचिवमा मुक्तिराज पौडेल र कोषाध्यक्षमा अर्जुन पौडेल सर्वसम्मत भएका छन । समितिको  अन्य सदस्यहरुमा दिनेश आचार्य, डा. दिनेश चौधरी, महेश श्रेष्ठ, गोपाल श्रेष्ठ र गणेशप्रसाद ज्ञवाली पनि सर्वसम्मत भएका छन् ।

Last modified on 2020-01-19 09:24:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts