कुन प्रदेशका मानिसले लिन्छन् सबै भन्दा बढी तनाव ? जानौं



Download our app to get more features

काठमाडौं, ५ माघ । पछिल्लो समय मानसिक रोग देखिने क्रम बढी रहेको छ । तनावपूर्ण र अव्यवस्थित जीवनशैलीका कारण मानसिक समस्याले विकराल रुप लिएको चिकित्सकहरू बताउँछन् । मानसिक समस्या मात्र नभई तनावले विभिन्न दीर्घ रोग समेत जन्माउने चिकित्सकहरूको भनाई छ । यसकारण तनावलाई व्यवस्थापन गर्न सके धेरै प्रकारका दीर्घ रोगबाट छुटकारा पाउन सकिने विज्ञहरूको सल्लाह छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा सार्वजनिक गरेको स्टेप्स सर्वे रिर्पोट अनुसार नेपालका ६० प्रतिशत भन्दा बढी नागरिकले कुनै न कुनै किसिमको तनाव लिने गरेको देखिन्छ । तनाव लिनेमा महिला भन्दा पुरुषको संख्या बढी रहेको सर्वेले देखाएको छ । केही वा धेरै मात्रामा काम तथा व्यवसायसम्बन्धी तनाव लिने महिला ५९.६ प्रतिशत मात्र रहेका छन् । यस्तै पुरुषको हकमा भने ६३.७ प्रतिशत छ । काम तथा व्यवसायसम्बन्धी तनाव लिनेको प्रतिशत ६१.५ रहेको तथ्यांक सार्वजनिक भएको छ ।

यस्तै घरभित्र हुने तनाव लिनेको प्रतिशत भने ६२.३ रहेको छ । तथ्यांक अनुसार काम तथा व्यवसायमा तनाव लिने भन्दा घरमा हुने तनावको आकडा बढी छ । तर घरमा हुने तनावका कारण पुरुष भन्दा महिला बढी पीडित देखिन्छ । केही वा धेरै मात्रामा घरमा हुने सामान्य तनावको प्रतिशत महिलामा ६४.६ रहेको छ भने पुरुषमा ५९.८ प्रतिशत रहेको छ । 

काम तथा व्यवसायसम्बन्धी तनाव कुन प्रदेशमा कति ?
प्रदेश १    ५८.५
प्रदेश २    ६४.९
बागमती       ६८.८
गण्डकी       ७१.८
प्रदेश ५    ५८.९
कर्णाली     ५९.५
सुदुरपश्चिम ४९.२

घरमा हुने तनाव कुन प्रदेशमा कति प्रतिशत ?
प्रदेश    १.    ५८.३
प्रदेश   २.     ६४.६ 
बागतमी        ६५.५
गण्डकी        ६५.३
प्रदेश ५.         ६०.५
कर्णाली          ६३.५
सुदुरपश्चिम      ६१.०

विगतका वर्षमा कुन प्रदेशमा कति प्रतिशत तनाव ? 
प्रदेश   १.     ११.३  
प्रदेश  २.        १०.६
बागमती       १३.४
गण्डकी       ११.२
प्रदेश ५.      ९.८
कर्णाली        १३.५
सुदुरपश्चिम    ११.३

Last modified on 2020-01-23 13:18:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts