कैलालीको पहलमानपुरमा आँखा शिविर सम्पन्न, ३ सयभन्दा बढीले लिए सेवा



Download our app to get more features

धनगढी, ५ माघ । कैलालीको पहलमानपुरमा आँखा शिविर सम्पन्न भएको छ । शिविरबाट ३ सय ५ जनाले परीक्षण र उपचार सेवा लिएका छन । 

नेपाल नेत्रज्योति संघ र गेटा आँखा अस्पतालकोे आयोजना तथा ड्याक फाउन्डेशनको सहयोगमा संचालित शिविरमा ३ सय ५ जनाको आँखा परिक्षण र २ सय २१ जनाको निःशुल्क उपचार गरिएको छ । 

साथै शिविरमा ८४ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरि लेन्स प्रत्यारोपण गर्न गेटा आँखा अस्पताल पठाई शल्यक्रिया समेत सुरु गरिएको गेटा आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत रमेशचन्द्र भट्टले बताए ।  शिविरमा ११ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेको उनले बताए ।  गेटा आँखा अस्पतालले प्रत्येक वर्ष प्रदेशका ९ वटै जिल्लामा गरी ६० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै आइरहेको वरिष्ठ नेत्र अधिकृत भट्टले बताए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts