जानकी आँखा अस्पतालमा मेडिकल डाईरेक्टरको कार्यकक्ष र प्रशासन फाँटमा तालाबन्दी



Download our app to get more features

जनकपुरधाम, ६ माघ । जनकपुरधामस्थित जानकी आँखा अस्पतालका मेडिकल डाईरेक्टरको कार्यकक्ष र प्रशासन फाँटमा जानकी आँखा अस्पताल सुधार संघर्ष समितिका पदाधिकारीहरुले तालाबन्दी गरेका छन् । 

आज  (सोमबार) अस्पताल विधानसम्मत रुपले सञ्चालन हुनुपर्ने माग गर्दै संघर्ष समितिका अध्यक्ष श्यामसुन्दर झाको नेतृत्वमा पुगेका पदाधिकारीले मेडिकल डाईरेक्टर डा.हेमशंकर झाको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । अस्पतालको अवस्था सुधारका लागि भन्दै यसअघि आन्दोलनरत संघर्ष समितिका पदाधिकारीहरु गत पुस १४ गतेदेखि अस्पतालको गेट अगाडी धर्नामा बसेर विरोध स्वरुप पसल समेत बन्द गरेका थिए ।

जानकी आँखा अस्पतालको विधान अनुसार मेडिकल डाईरेक्टर नियुक्त हुनुपर्ने, आपतकालिन समय बाहेक अस्पताल सञ्चालनको नियमित समयमा अस्पतालको मेनगेट खुल्ला रहनुपर्ने, अस्पतालको नियमानुसार ननप्रयाक्टिस पूर्णरुपमा लागु हुनुपर्ने, रिक्त स्थानको पदपूर्ति गर्दा सार्वजनिक सूचना प्रकाशन गरि प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने, अस्पतालको सामान बाहिरबाट खरिद गर्दा नेपाल सरकारको प्रचलित कानून अनुसार गर्नुपर्ने, अस्पताल हाताभित्र सर्वसुलभ ढंगले देखिनेगरि नागरिक वडापत्र राख्नुपर्ने, तत्कालिन संघर्ष समिति र जानकी आँखा अस्पतालको व्यवस्थापन समिति गठन हुनुपर्ने, चेकजाँच गर्ने क्रममा झैं औषधी र चश्माको लागि कोठा नम्बर किटान गरि सेवाग्राहीलाई वर्गलाउने कार्य मौलिक अधिकार विपरित भएकोले अविलम्ब उक्त कार्य बन्द गरी आँखा जँचाउन आएका विरामीले स्वतन्त्र रुपले चश्मा र औषधी खरिद गर्न पाउनुपर्ने लगायतका ८ बुँदे माग राखेर अस्पताल सुधार संघर्ष समिति विगत पुस महिनादेखि नै आन्दोलित छन् ।

Last modified on 2020-01-23 13:25:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts