चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा फेलोसिपका लागि भर्ना खुल्यो 



Download our app to get more features

काठमाडौं, ७ माघ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले शैक्षिक सत्र २०७६/७७ मा सञ्चालन हुने फेलोसिप कार्यक्रमका लागि भर्ना खुलाएको छ ।

प्रतिष्ठान मंगलबार सुचना जारी गरी भर्ना खुलेको जनाएको छ ।  मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण भई नेपाल मेडिकल काउन्सिलबाट विशेषज्ञ दर्ता प्रमाणपत्र प्राप्त गरी मान्यता प्राप्त स्वास्थ्य संस्थाहरुमा कम्तीमा एक वर्षको कार्यअनुभव भएकाले अनलाइन मार्फत आवेदन फारम भर्न सक्ने छन् । आवेदन फारम १२ माघ देखि २९ माघसम्म भर्न सकिने छ ।

परीक्षा दस्तुर तीन हजार ६ सय लाग्ने छ । परिक्षा दस्तुर इसेवाबाट मात्र तिर्न सकिने व्यवस्था रहेको छ । अध्यापन १५ वटा विषयमा गराइने छ । भर्नाका लागि योग्य हुन प्रवेश परीक्षामा कम्तिमा ५० प्रतिशत अंक प्राप्त गर्नुपर्ने हुन्छ । 

Last modified on 2020-01-23 13:15:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts