यसकारण आउँछ डकार र पाद


Download our app to get more features
Spark_health_home

पेटमा ग्यास भरिने र अप्ठयारो पर्ने गरि दिशा गर्ने ठाउँबाट ग्यास निस्किने (पाद जाने) ले धेरै जना ग्रसित भए पनि यस बारे खुलेर कुराकानी गर्न हिच्किचाउछौ । हामी सबैको पेट र आन्द्रामा थोरै धेरै मात्रामा ग्यास हुन्छ । त्यस ग्यासले बिरामीलाई पेट फुलेको जस्तो अनुभब हुन सक्छ, धेरै डकार आउन सक्छ, पेट दुख्न सक्छ वा पाद जान सक्छ । पेटमा ग्यास भरिएको अनुभब हुँदा, प्रायः डकार आएर वा पाद आइसकेपछि केहि कम भएको अनुभब हुन्छ । केहि व्यक्तिहरुको भुडी वा आन्द्रा अति संबेदनशील हुन्छ र त्यसैले थोरै ग्यास भरिदा पनि धेरै अफ्ठेरो अनुभब गर्छन।

लक्षण 
डकार आउनु एउटा सामान्य प्रक्रिया हो र हामीले निलेको हावाको मात्रा भुडीमा अत्यधिक हुँदा डकार आउछ । हामीले निलेको हावा या त डकार गरेर बाहिर फालिन्छ या फेरी सानो आन्द्रा, ठुलो आन्द्राको बाटो हुँदै पाद बनेर बाहिर निस्किन्छ। पेटमा ग्यास भरिदा बिरामीलाइ अफ्ठेरो अनुभव हुन्छ। केहि बिरामीहरु पेटमा थोरै ग्यास भरिदा पनि धेरै अफ्ठेरो भएको अनुभव सुनाउछन्। दिशा गर्ने बाटोबाट निस्किने ग्यासको कारण या त हामीले निलेको ग्यास हुन्छ या हामीले खाएको खाना पच्दा त्यसबाट उत्पन्न ग्यास हुन्छ।

vayoda

कारण
हामी सबैले खाना निल्ने बेलामा केहि मात्रामा हावा पनि सँगसँगै निल्ने गर्छौ। केहि व्यक्तिहरु जसले चुइगम वा चुसेर खानी क्यान्डी मिठाईहरु खाने गर्छन । उनीहरु बढी मात्रा मा हावा पनि निल्ने गर्छन । केहि कार्बोनेटे चिसो पेय पदार्थहरु, सोडा बियरले पनि बढी मात्रामा ग्यास बनाउँछन । केहि मानसिक रोग जस्तै अङ्ग्शाइतिले ग्रसित रोगीहरु बढी मात्रामा हावा निल्ने गर्छन।

केहि खाने कुराहरु हाम्रो सानो आन्द्राले पचाउन असमर्थ हुन्छ । यी खाने कुराहरु नपचिकन सानो आन्द्रा हुँदै ठुलो आन्द्रासम्म पुग्छन र त्यहाँ भएका किटाणुहरुले यी खाने कुराले पचाउन कोसिस गर्दा हाइड्रोजन र कार्बोनडाएअक्साइड ग्यास उत्पन्न हुन्छ । यस्ता खाने कुराहरुका केहि उदाहरण हरु हुन् बन्दागोबी, फूल्गोबी, ब्रोकौली ,गेडागुडीहरु ,चोकर आदि । केहि बिरामीलार्इ दुध, आइसक्रिम र चिज खाँदा ग्यास बन्ने, पेट दुख्ने हुन्छ। यस्तो बिरामीको आन्द्रामा दुध पचाउने इञ्जाइम ल्याक्टोजको कमि हुन्छ। ग्यास बन्नुको आर्को कारण सानो आन्द्रामा किटाणुहरुको संक्रमणले गर्दा हुन्छ । जसलाई व्याक्टेरिल ओवर्ग्रोथ भनिन्छ। अनि अन्तमा दिशा सारो हुने र टाइममा दिसा नहुनेलार्इ पनि पेट फुल्लीएको अनुभव हुन सक्छ।

कस्ता बिरामीहरुलाइ ग्यास बन्ने जोखिम हुन्छ

  • माथि उल्लेखित खाने कुराहरु र पेय पदार्थ सेवन गर्ने व्यक्ति ।
  • इरिटेबल बावेल सिन्ड्रोम भएका बिरामी ।
  • पेट को अप्रेसन गरेका बिरामीहरु । 

निदान

  • ग्यास्ट्रिकको संका लागेका व्यक्तिहरुलाई इन्डोस्कोपी गर्ने गरिन्छ ।
  • ल्याक्टोज इन्तोलारंसको संका लागेमा दुधले बनेका पदार्थ बन्द गरेर हेरिन्छ ।
  • सानो आन्द्रामा किटाणुको संक्रमण पत्ता लाउन हाइड्रोजन ब्रेथ टेस्ट गरिन्छ ।
  • धेरै मात्रामा पाद जाने बिरामीहरुले दिनभरिमा कति चोटी ग्यास जान्छ र कस्ता खाने कुरा खाँदा धेरै ग्यास जान्छ भनेर ख्याल राख्नु पर्छ ।
  • दिनभरीमा बिस चोटी सम्म ग्यास जानु लाइ नर्मल मानिन्छ ।

उपचार

  • चिसो पेय पदार्थ (कबोनाटेद), सोडा र बियरको सेवन बन्द गर्नुपर्छ ।
  • फुल्गोबी, पत्तागोबी, चोकर, गेडागुडी, ब्रोकाउलीको सेवन बन्द गर्नु पर्छ ।
  • दुध र दुधबाट बनेका परिकार खान हुँदैन ।
  • चुइङ्गगम र क्यान्डी मिठाई खान हुँदैन ।
  • कुन खानेकुराले गर्दा पेटमा ग्यास बनेको हो भनेर पत्ता लाउन बिरामीले एक एक गरि यी माथि उल्लेखित कुराहरु बन्द गर्नुपर्छ ।

सिमेथिकोन नाम गरेको औसधिको सेवनले ग्यास कम गर्ने भनेर  बजारमा भित्रिए पनि त्यति प्रभाबकारी देखिएको छैन । प्रयोगमा आएका अरु औसधि हरु जस्तैं चारकोल ट्याब्लेट, बिस्मुथ सब्सालिसैलेट, अल्फा डी ग्यलेक्तोसिदेस जस्ता औसधिले केहि बिरामीलार्इ फाइदा भएको देखिएको छ । इरीटेबल बावेल सिन्ड्रोम भएका बिरामीलार्इ  ग्यासले गर्दा पेट दुखाइबाट डइसैक्लोमिन वा हायोसमिनको उपचारले ठिक हुन्छ। ब्यक्रिक्टेरिअल ओवर्ग्रोथ भएर ग्यासको समस्या भएकालाइ एन्टीबायोटिकको उपचारले ग्यास कम गर्न सकिन्छ। यी सबै खानेकुरा बार्दा पनि ग्यासको समस्या रहेमा चिकित्सकको परामर्श लिनु जरूरी हुन्छ।

(हाम्रोडक्टर डटकमबाट)

Last modified on 2020-01-23 13:07:12

ohm pharmaceuticals Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Nova_adv