छाउनी अस्पतालमा हेमोडायलासिस सेवा सुरु 



Download our app to get more features

काठमाडौं, ७ माघ । काठमाडौं महानगरपालिका र नेपाली सेनाको सहकार्यमा मंलबारबाट बीरेन्द्र अस्पताल छाउनीमा हेमोडायलासिस सेवा शुरु भएको छ । सेवाको सुरुवात महानगरको वडा १५ निवासी ६४ बर्षिया चन्द्रदेवी महर्जनको हेमोडायलासिस गर्ने क्रममा उपकरण चलाएर महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले गरेका थिए । 

यो सेवा  सञ्चालनका लागि २ पुषमा नेपाली सेना र महानगरबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताबमोजिम आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि महानगरले अस्पताललाई  तीन करोड रुपैयाँ उपलब्ध गराउनु पर्ने छ ।

शाक्यले उपचारात्मक पद्धतिसँगै प्रवर्धनात्मक स्वास्थ्य कार्यक्रम पनि अघि सारेको बताए ।  एम्बुलेन्समा चढेका बिरामीले तत्काल प्राथमिक र आकस्मिक सेवा पाउन भनेर  नेपाल एम्बुलेन्स सेवासँग सहकार्य गरेको पनि मेयर शाख्यले बताए ।  

अस्पतालमा गरीब र निमुखा जनताले सरल सेवा प्राप्त गर्न पाउन भनेर  स्वास्थ्य सेवा सञ्चालन गरिरहेका अस्पतालहरुसँग सहकार्य गरेको पनि उनले बताए । 

सम्झौताबमोजिम हेमोडायलासिस सेवासँगै बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ।पि।डि। सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ । थप उपकरण र जनशक्तिको व्यवस्थापन हुनुअघि पहिलो चरणमा महानगरको वडाबाट विपन्नताको र जनस्वास्थ्य महाशाखाबाट उपचारको शिफारिस प्राप्त गरेका सेरा नेगेटिभका बिरामीहरुलाई अस्पतालबाट हेमोडाईलासिस सेवा उपलब्ध हुनेछ । थप उपकरण र जनशक्तिको व्यवस्थापन नभएसम्म अस्पतालमा भएकै श्रोत साधनबाट १ सिफ्ट थप गरी प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडायलासिस सेवा दिइनेछ । 

महानगले सहरी स्वास्थ्य क्षेत्रको प्रबर्धनका लागि अन्य स्वास्थ्य संस्थाहरुसँग पनि सहकार्य गरिरहेको छ । रगतमा भएका तत्व छुट््याउनको प्रणाली जडान गर्न कान्ति अस्पतालसँग यस अघि सम्झौता भइसकेको छ भने अक्सिजन प्लान्ट स्थापना गर्न गंगालाल हृदय रोग केन्द्रसँग सम्झौता हुने भएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts