जलवायु परिवर्तनले स्वास्थ्यमा गम्भीर असर, कुपोषणदेखि टाईफाईडका रोगी बढ्दो



Download our app to get more features

रुपन्देही, ८ माघ । जलवायु परिवर्तनका कारण कुपोषण, सरुवा रोग, झाडा पखला टाईफाईड जस्ता रोग बढ्दै गएको छ । 

रुपन्देही, कपिलवस्तु र नवलपरासीका स्थानिय निकायका मेयर अध्यक्ष पालिका स्वास्थ्य संयोजक सामाजीक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालका प्रतिनिधिलाई जलवायु परिवर्तन तथा स्वास्थ्यमा पर्ने प्रभाव सम्बन्धी एक दिने पैरवी कार्यक्रममा जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा गम्भिर असर पार्न थालेको बताइएको छ ।

राष्ट्रिय स्वास्थ्य तालिमकेन्द्र काठमाडांैको आयोजना तथा प्रदेश तालिम केन्द्र प्रदेश ५ को समन्वयमा आयोजित कार्यक्रममा जलवायु विज्ञ डा. यादव प्रसाद जोशीले जलवायु परिर्वतन तथा स्वास्थ्यमा परेको असरबारे जानकारी दिए ।

३ जिल्लाका १४ पालिका र समाजीक विकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि सहभागि कार्यक्रममा डा. जोसीले जलवायु परिवर्तन न्यूनिकरण गर्न स्थानिय निकायको महत्वपुर्ण भुमिका रहने बताए ।

स्थानियले सरकारले निति नियम बनाउने र कार्यान्वयनमा सहजता ल्याउनको लागि यो पैरवी कार्यक्रम गरिएको भन्दै उनले प्रदेश ५ मा कुपोषण १९ प्रतिशत रहेकोमा सबैभन्दा बढी कपिलवस्तुमा ४ हजार बालबालिकामा रहेको जानकारी दिने । 

डा.जोशीले जलवायुको असर खानेपानी, कृषि भौतिक पुर्वाधार सबै क्षेत्रमा परेको र यसलाई न्युनिकरण गर्ने स्थानिय सरकारको महत्वपुर्ण भुमिका रहेने बताए ।  

तालिममा स्वास्थ्य तालिम केन्द्र प्रदेश ५ का निर्देशक महेश्वर श्रेष्ठले स्थानिय सरकारकोे जलवायु परिवर्तन न्यूनिकरण गर्न महत्वपुर्ण भुमिका रहने बताए । निति निमार्ण र कार्यान्वयन गर्ने स्थानिय सरकार भएकोले  आफुले बनाएको निति कसरी कार्यन्यन गर्दा स्वास्थ्यमा कुपोषण सरुवा रोग झाडा पखला टाईफाईड जस्ता रोगबाट बच्न सकिन्छ भन्ने विषयमा काम अघि बढाउन सकिने बताए । 

तालिममा नगरपालिका मेयर गाउँपालिका अध्यक्ष स्वास्थ्य संयोजक वडा अध्यक्ष लगायको सहभागि रहेको स्वास्थ्य तालिम केन्द्र  प्रदेश ५ का वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भुवन कुँवरले बताए ।

Last modified on 2020-01-23 13:14:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts