कब्जियत भए के गर्ने ?


Download our app to get more features
Spark_health_home

मल निस्कासनको प्राकृतिक आवृतिमा विलम्ब हुनु, स्वभाविक रुपले मल त्याग गर्न नसकि बल प्रयोगगर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपल्ट सम्म पनि कोमल दिशा गर्न नसकिएको अवस्थालाई कब्जियत भनिन्छ ।
विशेष रोगावस्था जस्तै आन्द्राकाघाउ, ट्यूमर, प्यारालाईसिस, मधुमेह, थाइराईडिजम पराकिनसनरोग जस्ता समस्या बाहेक अधिकांश कब्जियत को मूख्य कारण अप्राकृतिक जीवन शैली हो । भोजन ब्यायाम विश्राम विचार र भावानात्मक रुपमा असन्तुलीत जीवन नै अप्राकृतिक जीवन हो । भोक लागेको बेला नखाने, भोक भन्दा ज्यादा खाने  गरिष्ठ भोजनहरु, मसिनो मिठो, तारे भुटेको, पचाउन कठिन, जङ्कफूड, बट्टाबद्ध र संरक्षित खाद्यान्न प्रायस खाईरहने, सागसब्जी सलाद जस्ता खस्रामोटा, रेसा  र चोकरयुक्त खाद्यपदार्थ कम खानाले कब्जियत हुने प्रवल सम्भावाना रहन्छ । व्यस्ततम् र भागदौडले भरिएको, तनावपूर्ण जीवन जीउनेहरु श्रम पछि विश्राम नगर्नेहरु  भय चिन्ता शोक र उदासिनताका रोगीहरुमा कब्जियत ज्यादा देखिएको छ । ब्यायाम र श्रम बाट भाग्नेहरु लाई पनि कब्जियतले छाडेको छैन । लामो समयसम्म विरेचक औषधिखानेहरु पेनकिलर, नार्काेटिक्स र दिमागलाई लठ्याउने औषधि खानेहरुमा कब्जियत ज्यादा देखिएको छ  ।

लक्षणहरुः

vayoda

मलत्यागको प्राकृतिक आवृतिमा विलंब हुनु, मलत्याग गर्न बल लगाउनु, दिशा कोमल नभएर गोटापर्नु, अपानवायु बढ्नु, पेट भारीहुनु वा दुख्नु, भोक नलाग्नु मुखविग्रिनु, रिङ्गटालाग्नु, तिघ्राको पछाडिपट्टिको मांशपेशीहरु दुख्नु, टाउको दुख्नु र थाकेको महसुस हुनु ।

उपचारः 
विशेष रोगावस्था भएकाहरुले रोगको उचित निधान गरेर रोग निर्मुल पार्नेतिर लागौ । गलत आहार विहार र जीवनशैली भएकाहरुले प्राकृतिक जीवनशैली अपनाउन नितान्त जरुरी छ । प्राकृतिक उपचार पद्धतिको मुख्य अंग भोजन सुधार हो । विहानको नास्तामा तारेभुटेको, बट्टा र बोतल बद्ध खाद्य पदार्थ, मैदाका परीकार को सट्टा ताजा फलफुल लिने वानी बसाल्नु पर्छ । मौसम अनुसारको फलफुल जस्तै मौसम, सुन्तला, नासपाति, खरबुजा, काक्रो, आँप, सरिफा, बेल बेलौती, मेवा का साथै अंकुरित मुंग र मेथीहरु मौसमि तरकारीहरु लाई समावेस गर्ने । मुनन्का र छोगडालाई राति भिजाएर विहान खाने गर्दा कब्जियत कम गर्न सहयोग गर्दछ । 
ठोस भोजन दिनको दुई पल्ट मात्रै लिने गरौ विहानको भोजनमा रातो चामल वा मकैकोभात, गहँुको वा मकैको पिठोको रोटि, काउली बन्दा तोरई र वेथेको सागको विषेश समायोजन होस् । मास खेसरी बाहेक बोक्रै सित पकाएको दालले पनि कब्जियतमा फाईदा पु¥याउछ ।

बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा २५० ग्राम उमालेको तरकारिसँग मोहि मात्र खादा कब्जियतमा राम्रो गर्छ ।
माछा, मासु अन्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका बस्तुहरुमा पहरेज गर्नुपर्छ । चीकु, केरा, स्याउ, अंगुर, लिचि जस्ता फलले कब्जियतमा राम्रो गर्दैन । आलु, पिँडालु, तरुल, सुठुनि, भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास, जस्ता सब्जी तथा दलहन सकभर नखानु नभएपनि बेलुका नखानु ।  

ब्यायमः 
अङ्गब्यायम,रिढब्याम, सिथिलीकरणब्यायम, प्रातःभ्रमण, सुर्यनमस्कार, योगआसन तथा प्राणायामको यथाविधि प्रयोगले कब्जियतमा अत्यन्त लाभ पू¥याउँदछ । ताडासन, त्रियकताडासन, पवनमुक्तासन, माण्डुक, मत्येन्द्र, भुजांग, उदारकर्स धनुर जस्ता आसनविधि, भस्त्रीका अग्निसार कपालभाति जस्ता श्वासन विधिले कब्जियत निवारणमा अमृत सरि काम गर्छ ।

एनिमा, कुन्जल, लधु तथा गरु संखप्रक्षालन, पेटकोमालिस, माटोको पेडुँपट्टी, कटिस्नान र गणेशक्रिया जस्ता प्राकृतिक उपचार विधि पनि कब्जियत भएकाहरुले अपनाउनु पर्ने हुन्छ ।
कब्जियत आफैमा ठुलो समस्या नभय पनि कयौ रोगहरुको कारण हो । बेलैमा निवारण गरे कब्जियतले ल्याउने विकारल समस्या बाट मुक्त भई  सर्वाङ्ग स्वास्थ्य पाउन सकिन्छ ।

 नियमित रुपमा व्यायम गर्ने वानी वसालौ, अंग व्यायम, रिढ व्याययम, शिथिलिकरण व्याययम, प्रँतःभ्रमण जस्ता व्याययमले शरीर तथा पाचन प्रणालीलाई मजवुद राख्न मद्दत पु¥याउछ ।
 

Last modified on 2020-01-23 13:09:09

ohm pharmaceuticals Kathmandu Cancer Center alka

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts Nova_adv