मनमोहन कार्डियो सेन्टरको टिकट अब अनलाइनबाटै किन्न मिल्ने 



Download our app to get more features

काठमाडौं, ८ माघ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको ओपिडी टिकट र उपचार प्याकेज अनलाइनबाटै किन्न सकिने भएको छ । 

अस्पतालको सामान्य ओपिडी टिकट, विस्तारित अस्पताल सेवा (इएचएस) अन्तर्गतको टिकट इसेवा मोबाइल वालेटमार्फत पैसा तिरेर किन्न सकिने भएको हो । साथै, अस्पतालको कार्डियाक प्याकेज नामक उपचार प्याकेजपनि मानिसहरुले अनलाइनबाटै पैसा तिरेर किन्न सक्ने बनाइएको हो । अस्पतालले अनलाईन टिकट प्रणालीको आउँदो हप्ताभित्र सुरुवात गर्ने जनाएको छ । अस्पतालले बिरामीको बढ्दो चाप र सहज सेवा उपलब्ध गराउने भन्दै अनलाईन टिकट र इलेक्ट्रोनिक पेमेन्ट प्रणालीमा पाइला चालेको जनाएको छ । अस्पतालले आगामी दिनमा अन्य अनलाइन पेमेन्ट र अपोइन्टमेन्टका सेवा विस्तार गर्दै लैजाने जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts