प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापनाको ५ महिनामापनि सेवा सुचारु भएन



Download our app to get more features

धनगढी, ९ माघ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले कार्यालय स्थापना भएको ५ महिना बितिसक्दा समेतसेवा सुचारु गर्न सकेको छ्रैन् ।

संघीय सरकारले ७ वटै प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याउन २०७४ सालमै दरबन्दी स्वीकृत गरेकोमा धनगढीमा ५ महिना अगाडी मात्रै कार्यालय स्थापना भएको थियो ।

तर अहिले सम्म सेवा भने सुचारु हुन नसकेको हो। ‘कार्यालय बाट अहिले सम्म प्रशासनिक काम मात्रै भईरहेका छन,’ प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्नीसियन रामप्रसाद ओझाले भने, ‘प्रयोगशला सञ्चालकका लागि सामान्य तालिम समेत प्रदान भईरहेको छ । केही उपकरण मात्रै उपलब्ध भएकाले अत्यावश्यक उपकरण माग गरेका छौं ।’

प्रदेशको स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र सँग आवश्यक उपकरणका लागि मागपत्र पठाईएको उनले बताए। प्रदेशको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले पनि उपकरण खरीदका लागि जनस्वास्थ्य प्रयोगशालाबाट पत्र आएको जनाएको छ ।

प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका फार्मेसी सुपरभाईजर जहेन्द्र बोगटी सात दिन पहिले मात्रै उपकरण खरीदका लागि माग भईआएकाले सामाजिक विकास मन्त्रालयलाई मागपत्र पठाइएको दावी गरे । सामाजिक विकास मन्त्रालयबाटै बजेट उपलब्ध नहँुदा उक्त कार्यालयलाई आवश्यक उपकरण उपलब्ध गराउन नसकिएको उनले बताए । प्रदेशको सामाजिक विकास मन्त्रालयले पत्र आएकाले बजेटको जोहो गर्न लागि रहेको दावी गरेको छ ।

आवश्यक क्षेत्रका लागि चालु वर्षको बजेट यसअघि नै छुट्याईएकाले थप बजेट विनियोजनमा समस्या हुने सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकर बहादुर बिष्टले बताए । विशेष प्रकृतिका जाँचमा सहजता हुने उद्देश्यले जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएपनि सेवा सुचारु नुहँदा सानोतिनो जाँचका लागी पनि परनिर्भर हुनुपर्ने बाध्यता रहेको छ ।

Last modified on 2020-01-23 13:11:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts