अनुहारमा भएको दाग हटाउन प्रयोग गरिने ‘मेलाकेयर’ गैरकानूनी तरिकाले बिक्री हुँदै



Download our app to get more features

जनकपुरधाम, ९ माघ । अनुहारमा भएको दाग हटाउन प्रयोग गरिने मेलाकेयर क्रिम जनकपुरको एक ब्यूटि पार्लरमा गैर कानूनी तरिकाले बिक्री वितरण हुँदै आएको छ ।  

जनकपुरको रामचोकस्थित एक ब्यूटि पार्लरमा डाक्टरको प्रेस्किप्सन बिना नै उक्त क्रिम बढि मूल्यमा ग्राहकलाई बिक्री गर्ने गरेको पाइएको छ ।

बारा जिल्लाको बहुअरी–५ मा रहेको मारुति फर्मा प्रालिद्वारा उत्पादित मेलाकेयर विशेषगरि अनुहारमा कुनै किसिमको दाग आएमा त्यसलाई हटाउन प्रयोग गरिन्छ । फर्माले क्रिमको बजार मूल्य २ सय ४० रुपैयाँ तोकेपनि राम चोमा रहेको मेघा ब्युटि पार्लर एण्ड ट्रेनिङ सेन्टरकी सञ्चालिका रिंकुकुमारी साहले ३ सय २० रुपैयाँमा बेच्ने गरेकी छन् ।
 
फर्माबाट उत्पादित र मानव स्वास्थ्यसँग जोडिएको क्रिम उनले डाक्टरको प्रेस्किप्सन बिना नै ग्राहकलाई विक्रि वितरण गर्दै आएको एक उपभोक्ताले नाम नबताउने शर्तमा बताइन् ।

तोकिएकोभन्दा ८० रुपैयाँ बढि मुल्यमा यो क्रिम किन बेच्नुभयो भन्ने प्रश्नमा उनले भनिन, ‘हामी पनि बजारबाट नै किनेर ल्याउँछौं अनि हामीले ग्राहकसँग अलिकति पनि कमिशन नलिने त ?’ प्रतिप्रश्न गर्दै उनले भनिन् । 

सरकारी निकायहरुले प्रभावकारी ढंगले निगरानी र निरीक्षण नगर्दा यस्ता व्यापारीहरुद्वारा सर्वसाधारण ठगिँदै आएका छन् । 

Last modified on 2020-01-27 16:24:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts