राष्ट्रिय ट्रमा सेन्टरकाे बिभागीय प्रमुखमा डा. रुद्र मरासिनी नियुक्त



Download our app to get more features

काठमाडौं, ९ माघ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत राष्ट्रिय ट्रमा सेन्टरकाे अर्थोपेडिक्स तथा ट्रमा सर्जरी बिभागको बिभागीय प्रमुखमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्।

चितवनको भरतपुर अस्पतालको पूर्व मेडिकल सुपरिटेण्डेन्ट समेत रहेका डा. मरासिनी बुधवार  विभागीय प्रमुखमा नियुक्त भएका हुन्। मंगलवार भएकाे उपकुलपति स्तरीय निर्णय अनुसार उनलाई बुधवारबाट अर्थोपेडिक्स तथा ट्रमा सर्जरी बिभागको बिभागिय प्रमुख जिम्मेवारी दिएकाे अस्पताल निर्देशक डा. प्रमाेद कुमार यादवले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । उनकाे नियुक्तिसँगै गुणस्तरिय र प्रभावकारिता सेवामा विकास हुने उनले विश्वास व्यक्त गरे । नवनियुक्त डा. मरासिनीले प्रमुख बनेसँगै आफुले थप जिम्मेवारी महसुस गरेको बताए । आकस्मिक दुर्घटनाका घाइतेको लागि प्रभावकारिता उपचार सेवा दिनुकाे साथै आफ्नाे क्षेत्रको सर्वोपरी विकास र सेवा विस्तारमा अझै क्रियाशिल भएरलाग्न प्रेरणा मिलेको हाम्राे डक्टर न्युजलाई उनले संक्षिप्त प्रतिक्रिया दिए । ‘सेवा बिस्तार, अस्पताल सुधार, अनुसाशन र शैक्षिक गुणस्तर कायम गर्नमा मेरो सधैभरी समन्वयकारी भुमिका रहनेछ।’ उनले भने ‘सबै चिकित्सक साथीहरू र अस्पताल प्रशासनको सकारात्मक सहयोगको अपेक्षा गरेकोछु ।’

यस अघि बिभागिय प्रमुख रहेका प्रा.डा. श्रीकृष्ण गिरीलाई सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेसँगै उक्तपद रिक्त थियाे । नेपालमा बढ्दो सवारी दुर्घटनाबाट हुने मृत्युको संख्या कम गर्ने उद्देश्यले राष्ट्रिय ट्रमा सेन्टर सञ्चालनमा ल्याइएको हो ।

Last modified on 2020-01-23 11:37:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts