सुदूरपश्चिम सरकारले अत्याधुनिक भनेर बाडेको एम्बुलेन्स दुर्घटना



Download our app to get more features

धनगढी, १० माघ । सुदूरपश्चिम प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाडेको एम्बुलेन्स बिरामीलाई नेपालगञ्ज पु¥याएर फर्किदै गरेको अवस्थामा डोटीको बुडरमा दुर्घटनामा परेको छ ।

चालक मुस्किलले जोगिएपनि एम्बुलेन्स भने नराम्ररी क्षतिग्रस्त भएको छ । एम्बुलेन्सको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ ।

प्रहरीका अनुसार बझाङको छब्बिस पाथिभेरा गाँउपालिकाको मटेला स्वास्थ्य चौकीको सु प प्र ०१००१ झ ३४८ नम्बरको एम्बुलेन्स जोरायल गाँउपालिका वडा नम्बर २ बुडर बजार नजिकै मोडमा मंगलवार साँझ दुर्घटना भएको हो । 

ईलाका प्रहरी कार्यालय बुडरका प्रमुख प्रहरी नायव निरिक्षक कर्ण रौलेले बझाङबाट कोहलपुर बिरामी पु¥याएर फर्किदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको बताए ।

चालकहरुले सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाडेको एम्बुलेन्स एक पांग्रे भएको, ब्रेक नलाग्ने, ओरालोमा अत्यन्त तातिने, पट्टावाला भएकोले उफ्रिने लगायतका समस्याहरु भएको बताएका थिए ।

संयुक्त एम्बुलेन्स चालक संघका सुदूर पश्चिम प्रदेश अध्यक्ष लक्ष्मण सिंहले उक्त एम्बुलेन्स चलाउनु बिरामी र चालकका लागि अत्यन्त जोखिमपूर्ण भएकोले सुदूरपश्चिमका चालकहरुले नचलाउने बताएका थिए । यद्यपि सामाजिक विकास मन्त्रालयको दवावमा चालकहरु उक्त एम्बुलेन्स चलाउन बाध्य भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts