डडेल्धुरामा अवैध गर्भपतन गराएको अभियोगमा २ जना पक्राउ



Download our app to get more features

डडेलधुरा, १० माघ । डडेल्धुरामा अवैध गर्भपतन गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अमरगढी–५ की २२ वर्षीय हरिना भट्ट र वडा नम्बर ४, तल्लो खलंगा घर भई हाल अमरगढी नगरपालिका–५, बागबजार बस्ने ३६ वर्षीय डम्बरबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

अवैध गर्भपतन गरेको अभियोगमा प्राप्त जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । गर्भपतनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts