नोवेल कोरोनाभाइरसका कारण उपचारमा खटिएका एक डाक्टरको मृत्यु, मृतकको संख्या ४१ पुुग्यो

वुहान राज्यमा कोरोनाभाइरस संक्रमितका लागि छुट्टै अस्पताल बन्दै



Download our app to get more features

चीन, ११ माघ । चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ पुुगेको छ । चीनको ख्हबेई प्रान्तमा कोरोनाभाइरसका कारण थप १५ जनाको मृत्यु भएपछि मृतको संख्या ४१ पुगेको अधिकारीहरुले बताएका छन् ।

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको समेत मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) का अनुसार हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो । डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

त्यस्तै भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार २ सय ८७ पुगेको छ । चीनमा नयाँ वर्षको आगमन हुँदै गर्दा भाइरसका कारण कार्यक्रमहरू रद्द गरिएका छन् । यता, वुहान सहरमा रहेका औषधि विक्रेताहरूसँग आवश्यक सामग्रीको अभाव हुन थालेको छ भने अस्पतालहरू हताश सर्वसाधारणहरूले भरिएका छन् । 

चीनको वुहान राज्यमा पहिलो पटक देखिएको कोरोना भाइरस पछिल्लो समय युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा पनि तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ ।

यसैबीच, वुहान राज्यमा कोरोना भाइरस प्रभावितका लागि छुट्टै अस्पताल निर्माणको काम सुरु भएको छ । एक हजार शय्या रहने भनिएको नयाँ अस्पताल छ दिनभित्र तयार भइसक्ने जनाइएको छ ।

अस्पताल सहरबाट अलि पर रहेको ग्रामीण क्षेत्रस्थित ‘होलिडे कम्प्लेक्स’ मा निर्माण भइरहेको स्थानीय ‘चाङझियाङ दैनिक पत्रिका’ ले शुक्रबार लेखेको छ । अस्पताल पूरै प्रिफ्याबरिकेटेड भवनहुने उसले जनाएको छ । २५ हजार वर्ग्मिटरमा भवन निर्माण हुनेछ ।
३५ डिगर र १० बुलडोजरसहित भवन निर्माण गर्ने अन्य सयौं मेसिन बिहीबार राति नै अस्पताल निर्माणस्थलमा पुगेको चीनको एक पत्रिकाले उल्लेख गरेको छ । विद्यमान मेडिकल स्रोतको अभावबाट आउन सक्ने समस्या समाधानका लागि यो अस्पताल निर्माण गर्न लागिएको र निर्माण हुने भवन प्रिफ्याबरिकेटेड हुने हुँदा यो आउने सोभबारसम्म निर्माण भइसक्ने चाङझियाङ नामक पत्रिकाले लेखेको छ । 

विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको खतराको स्तर यकिन गर्न तथा त्यसले पार्न सक्ने विश्वव्यापी जोखिमबारे बताउन अहिले अलि चाँडै हुने जनाएको छ । डब्लुएचओका प्रवक्ता तारिक जसारेभिचले सङ्क्रमणका सङ्ख्या बढ्न सक्ने र त्यसको स्पष्ट उपचार उपलब्ध नभइसकेको भन्दै सङ्क्रमणका लक्षणहरूको भने उपचार गर्न सकिने बताए । 

Last modified on 2020-01-25 10:12:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts