धनगढीमा निःशुल्क मधुमेह जाँच र घरदैलो अभियान, १२ मधुमेह र १ जना मृगौलाका बिरामी फेला



Download our app to get more features

धनगढी, १२ माघ । धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले निःशुल्क मधुमेह जांँच र घरदैलो अभियानको सुरु गरेको छ । रिसर्च सेन्टरले धनगढी उपमहानगरपालिका–६ ढुङ्गेबजारमा रहेको कृष्ण मन्दिरमाबाट उक्त अभियानको सुरुवात गरेको हो ।

पछिल्लो समयमा ग्रामिण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । सोहि कारण यो अभियान सुरु गरेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष मिनबहादुर धामिले बताए । शहरभन्दा टाढा पछिपरेका समुदायप्रति आफुहरुको पनि उत्तरदायित्व उत्तिकै रहेकोले निःशुल्क मधुमेह जाँच शिविरको आयोजना गरिएको उनले बताए ।

उक्त अभियानको उद्दघाटन कृष्ण मन्दिरका अध्यक्ष  उमाकान्त जोशिबाट रगत लिएर गरिको रिसर्च सेन्टरका अध्यक्ष धामीले बताए। मधुमेह जाँच गरिएको शिविरमा महिला पुरुषगरि जम्मा १ सय ५  जनाको रगत जाँच गरिएको छ ।

रगत जाँच गरेका मध्ये १० जानलाई मधुमेहको लक्षण देखा परेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक महेन्द्र साउँदले बताए ।  

अभियानकै क्रममा ईन्जिनियरहरुको पनि निःशुल्क मधुमेह जाँच र मृगौला  जाँच गरिएको छ । धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिको भवन अगाडी २९ जनामा उक्त जाँच गरिएको छ । जसमध्ये एकजना मृगौला रोगी र दुई जनामा मधुमेह रोगको लक्षण देखापरेको  रिसर्च सेन्टरका निर्देशक साउँदले बताए । 

संस्थाले हप्ताको शनिवार निःशुल्क मधुमेह जाँच र बाँकि दिन घरदैलो कार्यक्रम गर्ने जनाइएको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts