नेपालमा नसर्ने रोग स्वास्थ्यमा ठूलो समस्या बन्दै, सचेत रहन चिकित्सकको आग्रह



Download our app to get more features

रुपन्देही, ११ माघ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । 

सर्ने रोग र नसर्ने रोगको विषयमा पत्रकारहरुलाई जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको  कार्यक्रममा  रायपुर प्राथामिक स्वास्थ्य केन्द्रका डा पालत गिरीले अहिले सर्ने भन्दा नसर्ने रोगका कारण बढि मानिसको मृत्यु हुने गरेको बताए । 

उनले ८३ प्रतिशत मृत्युको कारण नसर्ने रोग भएको भन्दै धुम्रापान, मद्यपान, अस्वस्थ्यकर खानपान, शारीरिक निस्कृयताको कारण नसर्ने रोग तत्काल नदेखिएपनि मानिसलाई अन्तिम अवस्थामा दुःख दिने भन्दै सचेत रहन आग्रह गरे । 

डा गिरीले सचेत रहने हो र सावधानि अपनाउने हो भने यस्ता रोगबाट जोगिन सकिने पनि उल्लेख गरे ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलयका क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारीले ५६ आंै विश्व कुष्ठरोग दिवसको बारेका जानकारी गराउँदै रुपन्देहीमा कुष्ठरोगीको अवस्था र पत्ता लाग्ने दरकोबारे जानकारी गराएका थिए । अधिकारीले जिल्लामा १ वर्षमा कुल १ सय ५२ जना नयाँ कुष्ठरोगीहरु भेटिएको बताउदै आर्थिक वर्ष २०७५÷७६ मा उपचारमा ९९ जना बिरामीहरु उपचार गराइरहेको जानकारी गराए ।  

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतमले  संञ्चारक्षेत्रको माध्यमबाट सचेत गराउदै आएको र निरन्तरता दिदै जाने बताईन् । 

जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीले नसर्ने रोग स्वास्थ्यको मुख्य चुनौति भएको भन्दै एक दशकसम्म सर्नेरोग समस्याको रुपमा रहेकोमा अहिले नसर्ने रोग रुपबदले जस्तो भएको बताए ।

Last modified on 2020-01-29 16:04:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts