चीनसँग जोडिएको नेपाली सीमामा हेल्थ डेस्क राखियो

कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक तयारी गर्न मन्त्रालयहरुलाई प्रधानमन्त्रीको निर्देशन



Download our app to get more features

काठमाडौं, १३ माघ । चिनमा देखिएको नोवेल कोरोना भाइरसको त्रास फैलिँदै गएपछि नेपालका विभिन्न नाकामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको छ । 

रसुवागढी नाकामा आइतबारदेखि हेल्थ डेक्स स्थापना गरी नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । 

चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य परीक्षणसुरु गरिएको हो । आइतबार रसुवागढी नाकामा दुवै देशका सुरक्षा अधिकारीहरुबीच अनौपचारिक बैठक बसेर उच्च सतर्कता अपनाउने विषयमा छलफल समेत भएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले दुवै देशका स्वास्थयकर्मीहरुबीच समन्वय गर्ने, उपचार पद्धति तथा अनुभव आदान प्रदान गर्ने विषयमा पनि छलफल भएको बताए । त्यस्तै, रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा विदेशी पर्यटकमा कोरोना भाइरसको कुनै लक्षण देखिएमा चिनियाँ भू–भागबाटै फिर्ता गरिने पनि छलफल भएको छ ।

यस्तै चीन र नेपालका अन्य सीमा नाकामा पनि हेल्थ डेस्क स्थापनको विषयमा छलफल भइरहेको 

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक सबै तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई आइतबार बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।
 

Last modified on 2020-01-27 09:49:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts