श्रीमानबाट कुटिएकी पूजाको कान्तिपुर जनरलले निःशुल्क उपचार गरिदिने



Download our app to get more features

काठमाडौं, १३ माघ । श्रीमानबाट कुटिएकी एक महिलाको कान्तिपुर जनरल हस्पिटलले निःशुल्क उपचार गरिदिने भएको छ ।

गत असोज ८ मा आफ्नै श्रीमानले मरणासन्न हुनेगरि पाल्पा रामपुर नगरपालिका ४ गिजिलडाँडाकी १९ वर्षीया पूजा सोमै परियारलाई कुटपिट गरेपछि अस्पताल भर्ना गरिएको थियो ।

पूजाको उपचारका लागि आर्थिक अभाव भएको समाचार सञ्चार माध्यममा आएपछि कान्तिपुरले निःशुल्क उपचार गरिदिने भएको हो ।

अस्पतालका निर्देशक डा.बुद्धिमान श्रेष्ठले काठमाडौं आउनजान आर्थिक अभाव भए आउने जाने खर्च पनि अस्पतालले नै तिर्ने भन्दै उपचारमा आवश्यक पर्ने सबै सेवा निःशुल्क हुने बताए ।

श्रीमानको कुटाईबाट टाउको गम्भिर चोट लागेको पूजाको यसअघि लुम्बिनी मेडिकल कलेजमा अस्पतालमा उपचार भएको थियो । त्यहाँ उपचारकै क्रममा पैसा तिर्न नसकेपछि प्रदेश ५ का सामाजीक विकासमन्त्री सुदर्शन बरालले आफ्नो पहलमा उनलाई घर फर्काएका थिए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts