कोरोना भाइरसको नमूना परीक्षण अब नेपालमै 



Download our app to get more features

काठमाडौं, १३ माघ । नोबल कोरोना भाइरसको परीक्षण अब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हुने भएको छ । परीक्षणका लागि आवश्यक केमिकल व्यवस्थापनसँगै परीक्षण सुरु भएको हो।

यसअघि संक्रमणको आसंका लागे नमूना परीक्षणको लागि हङकङ पठाउँदै आइएको थियो । गत साता कोरोना भाइरसको संक्रमण पुष्टि भएका नेपाली विद्यार्थीको नमुना पनि हङकङमा पठाइएको थियो। प्रयोगशाला सोमबारदेखि नै सुरु भएको छ। सेवा सुरु भएसँगै कोरोनाको आशंका लागेका बिरामीको नुमना परीक्षण थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए। नेपालमा हालसम्म दुई जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये एक जना डिस्चार्ज भइसकेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts