कोरोना भाइरसको कुनै नयाँ बिरामी पुष्टि भएको छैनः टेकु अस्पताल



Download our app to get more features

काठमाडौं, १३ माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरसको कुनै नयाँ बिरामी पुष्टि नभएको जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. अनुप वास्तोलाले हाम्रो डाक्टर न्यूजसँग कुरा गर्दै अस्पताल भर्ना भएका दुई जनाको नमूना परिक्षण गर्दा नेगेटिभ नतिजा आएको बताए ।

अस्पतालमा भर्ना भएका ३ जनामध्ये दुई जना डिस्चार्ज भइसकेको र बाँकी रहेका एक जनाको नमूना जाँचका लागि प्रयोगशाला पठाउने तयारी भएको डा. वास्तोलाले बताए ।

उनले भने, ‘सञ्चार माध्यममा आएको जस्तो कोरोना भाइरस प्रभावितको संख्या बढेको छैन । एक जनामा मात्रै अहिलेसम्म कोरोनाको संक्रमण भएको छ ।’
नेपालमा कोरोना भाइरसको संक्रमित हुनेको संख्या २ पुगेको छ । 

चीनबाट फर्केका एक २८ वर्षीय युवक र ४८ वर्षकी महिलामा भाइरस संक्रमणको आशंकापछि अस्पताल भर्ना भएका थिए ।

Last modified on 2020-01-29 14:33:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts