१८ देशमा फैलियो नोवेल कोरोना भाइरस 

कुन देशमा कति संक्रमित ? यस्तो छ सूची...



Download our app to get more features

काठमाडौं, १४ माघ । चीनमा देखिएको नोवेल कोरोना भाइरस १६ देशमा फैलिएको छ । 

गत डिसेम्बरमा फेला परेको नोवेल कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनका नागरिक प्रभावित भएका छन् भने मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । 

चीनभन्दा बाहिरका देशमा भने यो भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन ।

चीनमा नयाँ वर्षको आगमनको समयमा देखिएको खतरनाक भाइरसबाट जोगिन चीन सरकारले उच्च सतर्कता अपनाएको छ । वुहान राज्य र आसपासका शहरमा यातायात बन्द जस्तै गरेको छ भने भाइरस प्रभावित क्षेत्रमा भ्रमण नगर्न पनि आग्रह गरिएको छ । 

अहिलेसम्म कुन देशमा कति प्रभावितः
चीनः ४, ३१४
नेपालः १
थाइल्याण्डः ८
हङकङः ८
मकाउः ६
अस्ट्रेलियाः ५
श्रीलंकाः १
अमेरिकाः ५
सिङ्गापुरः ५
ताइवानः ५
जर्मनीः १
कम्बोडियाः १
फ्रान्सः ३
क्यानडाः २
भियतनामः २
जापानः ४
दक्षिण कोरियाः ४
मलेसियाः ४

 

(न्यूयोर्क टाईम्स)

Last modified on 2020-01-29 14:34:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts