कोरोना भाइरस संक्रमण फैलिनुको कारण पत्ता लगाउन सबै तयारी अवस्थामा रहनु नै उचितः एसईएआर



Download our app to get more features

काठमाडौं, १४ माघ । विश्व स्वास्थ्य संगठन दक्षिण–पूर्वी एशिया क्षेत्र (एसईएआर) ले नोवेल कोरोना भाईरसको लडाईका लागि सबै सचेत अवस्थामा रहन आग्रह गरेको छ ।

दक्षिण–पूर्वी एशिया क्षेत्रका देशमा यो भाइरसको आगमन जुनसुकै बेला हुन सक्ने भएकाले भाइरसम फैलिने कारण पत्ता लगाउन सबै तयारी अवस्थामा रहनु पर्ने बैठकले जनाएको छ । 

भाइरस फैलिनुको कारण छिटो पत्ता लगाउन र यसको प्रसारलाई रोक्नको लागि तत्परता बढाउन बैठकले आग्रह गरेको छ । 

नयाँ कोरोनाभाइरसको बारेमा जे थाहा छ त्यसबाट निर्देशित तयारीमा सबै केन्द्रीत हुने समय भएको डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले बताइन् ।

क्षेत्रीय निर्देशक डा.सिंहले कुनै नयाँ भाइरसको अवस्था भएजस्तै यसबारे अझ धेरै बुझ्न बाँकी नै रहेको भन्दै विश्वव्यापी रूपमा डब्ल्यूएचओले केसको पहिचान, परीक्षण, केसहरूको क्लिनिकल व्यवस्थापन, संक्रमण रोकथाम र स्वास्थ्य सेवाको क्रममा नियन्त्रण, गृह स्याहारको बारेमा अन्तरिम मार्गदर्शन तयार गरेको जानकारी दिइन् ।

विश्व स्वास्थ्य संगठनले भाइरस भएको संदिग्ध व्यक्ति र प्रसार घटाउनको लागि मार्गदर्शन, डब्ल्यूएचओले यी दिशानिर्देशहरू कार्यान्वयन गर्न क्षेत्रका देशहरूसँग काम गरिरहेको छ । 

डा.सिंहले डब्लुएचओले नमूनाहरू र निदानको सन्दर्भ सहित केस व्यवस्थापन, नमूना संकलन,  यातायात, संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रशिक्षण, सञ्चार जोखिम र समुदायमा इच्छित व्यवहारलाई बढावा लगायतका काम समुदायसँग गरिरहेको बताइन् । 

नेपाल र थाइल्याण्डमा कोरोना भाइरस फेला परेको हुनाले दक्षिण–पूर्वी एशिया क्षेत्रका अन्य देशमा यो संक्रमण फैलिन नदिनका लागि सबै सचेत र तयारी अवस्थामा रहनु पर्ने डा.सिंहको भनाइ छ ।  

Last modified on 2020-01-29 14:35:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts