कोरोना भाइरसमा कांग्रेसको चासोः विमानस्थलमा २४सैं घण्टा हेल्थ डेस्क राख



Download our app to get more features

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनमा महामारीको स्वरुप लिएको कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।

संसदभवनमा जारी प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नेपाल प्रवेश गरिसकेको सूचना आएका भन्दै विमानस्थलमा चौबीसै घण्टा हेल्थ डेस्क राखेर चीनबाट नेपाल आउने मानिसहरुको जाँच गर्न सरकारसँग माग गरे । उनले भने, 'चीनसँग हाम्रो सिधा हवाई उडान सेवा रहेको छ । त्यहाँबाट आउने मानिसलाई चौबीसै घण्टा हेल्थडेस्कबाट जाँच गर्नुपर्यो । '

त्यस्तै सभापति देउवाले चीनमा रहेका नेपालीहरुको अवस्था बुझेर उनीहरुलाई सहायता गर्नपनि सरकारसँग माग गरेका छन् ।

Last modified on 2020-01-29 14:38:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts