स्वास्थ्य राज्यमन्त्री र प्रवक्तालाई पत्रकारको ध्यानाकर्षणः कोरोना भाइरसको सूचना नलुकाऊ



Download our app to get more features

काठमाडौं, १४ माघ । काठमाडौंमा रहेका स्वास्थ्य पत्रकारहरुले चीन फैलिरहेको र नेपालमा समेत प्रवेश गरिसकेको कोरोना भाइरसका बारे सरकारको आधिकारिक धारणा र सूचना आउन नसकेको भन्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावत र प्रवक्ता महेन्द्र श्रेष्ठको ध्यानकर्षण गराएका छन् । मंगलबार स्वास्थ्य मन्त्रालय पुगेरै पत्रकारको टोलीले यसबारे छलफल गरेको हो ।

कोरोना भाइरस नेपाल लगायत १६ भन्दा बढि देशमा फैलिसकेको छ । नेपालमा पनि एकजनामा यो भाइरस देखिएको स्वास्थ्य मन्त्रालय पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । तर त्यसपछिको अवस्थाका बारेमा जानकारी लिन खोज्दा सरकारका आधिकारिक व्यक्तिसंग सम्पर्क हुन नसकेको र सम्पर्क भएकाले पनि सूचना दिन नसकिने प्रतिक्रिया दिएपछि पत्रकारहरु मन्त्रालय पुगेका हुन् । मन्त्रालयलमा छलफलका क्रममा प्रवक्ता श्रेष्ठले पत्रकारको मागको सम्बोधन गर्दै हरेक दिन दिउसो साढे तीन बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारि दिने बताए । मन्त्रालयमा कोरोना भाइसरबारे जानकारी दिनका लागि पत्रकार सम्मेलन मंगलबारबाटै सुरु हुने छ ।

यता राज्यमन्त्री रावतले भने सरकार कोरोना भाइसरको नियन्त्रणका लागि पूर्ण तयारी अवस्थामा रहेको बताए । मन्त्री रावतले सूचना लुकाउन मन्त्रालयको कुनै नियत नभएकोभन्दै संवेदनशील विषयमा सूचना प्रवाह गर्न एकद्वार प्रणाली अपनाउन खोजिएको दावी गरे ।

Last modified on 2020-01-28 14:47:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts