चिनियाँ पर्यटकलाई घुमाएका जापानी बस ड्राइभरलाई देखियो कोरोना भाइरस



Download our app to get more features

एजेन्सी, १३ माघ । विश्वका विभिन्न मुलुकमा फैलिरहेको नोवेल कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या थपिइरहेको छ ।

यसैबीच जापानका एकजना पर्यटक बस ड्राइभरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनमा नगएका उनले जनवरीको पहिलो साता दुई टोली चिनियाँ पर्यटकलाई घुमाएका थिए । उनीहरुबाटै भाइरस सरेको प्रारम्भिक अनुमान गरिएको स्थानीय क्योडो समाचारलाई संस्थालाई उदृत गर्दै इनिडपेन्डेन्टले जनाएको छ ।

उनले घुमाएका पर्यटकलाई पनि अघिल्लो साता निमोनियाको संक्रमण देखिएको थियो । प्राणघातक मानिएको कोरोना भाइरसको संक्रमण फैलिएसँगै विश्वभर यसलाई लिएर त्रास फैलिएको छ ।

Last modified on 2020-01-29 14:50:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts