‘नोवेल कोरोना भाइरस’लाई लिएर विश्वमा स्वास्थ्य आपतकाल घोषणा गर्नु आवश्यक छैनः डब्लुएचओ



Download our app to get more features

काठमाडौं, १५ माघ । विश्व स्वास्थ्य संगठनले चीनमा फैलिरहेको नोवेल कोरोना भाइरसलाई लिएर आपतकालिन स्वास्थ्य संकट घोषणा गर्नुपर्ने अवस्था नरहेको जनाएको छ ।

डब्लूएचओको बसेको इमरजेन्सी कमिटिको बैठकमा चीन, जापान, कोरिया, थाईल्याण्ड, सिङ्गापुरका प्रतिनिधिहरु सहभागि थिए । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नोवेल कोरोना भाइरसबाट प्रभावित मध्ये २५ प्रतिशत बिरामीको अवस्थामा गम्भीर छ ।

कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनका नागरिक प्रभावित छन् । चीनमा देखिएको नोवेल कोरोना भाइरस अहिले विश्वका १८ देशमा फैलि सकेको छ । 

डब्लुएचओका महानिर्देशक टेडरोसले भाइरसलाई लिएर अहिले स्वास्थ्यको दृष्टिकोणबाट अन्तर्राष्ट्रीय आपातकालिन स्थिति घोषणा गर्नु पर्ने अवस्था नरहेको बताए । उनले कोरोना भाइरस चीनका लागि आपतकालिन अवस्थामा भएपनि पुरै विश्वका लागि भने स्वास्थ्यको दृष्टिकोणले आपातकालिन स्थिति नरहेको स्पष्ट पारे ।

डब्लुएचओका अनुसार चीनको वुहान राज्यमा नोवेल कोरोना भाइरसको चौथों पुस्ताको केस बाहिर आएको हो भने वुहान राज्यभन्दा बाहिरको क्षेत्रमा यो दोस्रो पुस्ताको केस हो । 

विश्व स्वास्थ्य संगठनले जनाए अनुसार अहिले सम्म पूर्ण रुपले प्रस्ट छैन की यो भाइरस मानिसबाट मानिसमा सरिरहेको छ । 

संगठनले चीन, जापान, सिंगापुर, थाईल्याण्ड र कोरिया स्थित आफ्नो विभिन्न केन्द्र र अझ बढी सर्तकता अपनाउन निर्देशन जारी गरेको छ । 

विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरसलाई लिएर एशियाका सबै देश सहित विश्वका अन्य देशलाई पनि सर्तकता र सावधानी अपनाउन भनेको छ ।

Last modified on 2020-01-30 12:43:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts