चीनमा रहेका नेपालीसँग नेपाल सरकार सम्पर्कमा, यी हटलाइन नम्बरमा जोडिन आग्रह



Download our app to get more features

काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनमा रहेका सम्पूर्ण नेपाली नागरिकसँग नेपाल सरकार सम्पर्कमा रहेको जनाएको छ ।

मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै चीनमा फैलिएको नोवेल कोरोना भाइरसका कारण त्यहाँ रहेका नेपालीलाई सम्पर्कमा रहेको जनाएको छ ।

नेपाल सरकारले चीनस्थित नेपाली दूतावासमार्फत त्यहाँका सबै नेपालीसँग नियमित सम्पर्कमा रहेको भन्दै यो अवस्थामा नआत्तिन पनि आग्रह गरेको छ ।

नोवेल कारोना भाइरसको संक्रमण सम्बन्धी आधिकारिक जानकारी एवं सल्लाह सुझाव तथा सहयोगका लागि दूतावासले स्थापना गरेको हटालाइनमा जोडिन मन्त्रालयले आग्रह गरेको छ । साथै कुनैपनि किसिमको गलत अफवाह र हल्लाबाट जोगिनपनि चीनस्थित नेपालीलाई आग्रह गरिएको छ ।

मन्त्रालयले पत्रकार सम्मेलनपछि जारी गरेको विज्ञप्ति र चीनस्थित नेपाली दूतावासका लागि दिइएको हटलाइन नम्बरहरुः

Last modified on 2020-01-31 09:49:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts