स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेश नचिनेपछि...



Download our app to get more features

काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पठाएको एक चिठीमा गम्भीर खालका त्रुटी फेला परेका छन् ।

मन्त्रालयको जनसंख्या महाशाखाले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पठाएको पत्रमा कर्णाली प्रदेशलाई सुदूरपश्चिम प्रदेश भनेको पाइएको हो । मन्त्रालयले आयोजना गर्ने पाँचदिने मेडिकोलिगल सम्बन्धी व्यहोराको चिठीमा यस्तो त्रुटी पाइएको हो ।

साथै २०७६ माघ १२ गते लेखिएको चिठीमा उक्त बैठक भने २०७५ फागुन २ देखि ०६ गतेसम्म हुने व्यहोरा उल्लेख गरिएको छ । चलानी नं २९ बाट पठाइएको सो त्रुटिपूर्ण चिठी सामाजिक सञ्जालमा राखेर मन्त्रालयको आलोचना भइरहेको छ ।

हेरौं चिठी

Last modified on 2020-01-31 10:03:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts