भरतपुर अस्पतालमा कोरोना भाइरस उपचारका लागि ५ बेडको आइसोलेसन वार्ड

What's This?


Download our app to get more features

चितवन, १७ माघ । चितवनको भरतपुर अस्पतालले कोरोना भाइरसका सम्भावित बिरामीका लागि ५ बेडको आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको छ । 

अस्पतालमा शुक्रवार बसेको विशेषज्ञ सहितको बैठकले सो निर्णय गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । साथै अस्पतालले कोरोना भाइरस परीक्षण र उपचारका लागि मेडिसिन विभागका चिकित्सक डा. प्रमोद पौडेल र डा. कल्याण सापकोटालाई जिम्मेवारी तोकेको छ । आशंका लागेको बिरामीको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउने पनि अस्पतालले जनाएको छ । कोरोना भाइरसको बारेमा जनचेतनामूलक सामाग्री बनाएर प्रशारण र प्रकाशन गर्ने पनि अस्पतालले निर्णय गरेको छ । 

कोरोना भाइरसका बारेमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बुझाउन अस्पतालले माघ २० गते सिएमई कार्यक्रम राखेको छ । अस्पतालले कोरोनो भाइरस संक्रमितको उपचारमा चाहिने सुरक्षित खालको गाउन (पोशाक) स्वास्थ्य मन्त्रालयसँग माग्ने निर्णय पनि गरेको छ ।

कोरोना भाइरस प्राणघातक रुपमा फैलिएसँगै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको घोषणा गरेको छ । नेपाल सरकारले पनि विभागी मन्त्रीको संयोजकत्वमा एउटा समिति र अन्य दुई निर्देशक तथा प्राविधिक समिति बनाइसकेको छ । स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई सम्भावित बिरामीको उपचारका लागि तयारी रहन निर्देशन दिएसँगै भरतपुर लगायत विभिन्न अस्पतालले तदारुकता देखाएका हुन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts