भरतपुर अस्पतालमा आइतवारदेखि निःशुल्क स्थायी बन्ध्याकरण शिविर 



Download our app to get more features

चितवन, १८ माघ । भरतपुर अस्पतालको आयोजनामा ६ दिने निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हने भएको छ ।

माघ १९ गते आइतवारदेखि २४ गतेसम्म ६ दिन निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक राजकुमार ढुङ्गानाले जानकारी दिए । शिविर विहान १० बजेबाट दिउँसो ३ बजेसम्म चल्ने छ ।

शिविरमा पुरुषलाई स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ तथा महिलाका लागि स्थायी बन्ध्याकरण ‘मिनील्याप’ दुवै सेवा प्रदान गरिने ढुङ्गानाले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । सन्तानको रहर पुगिसकेका पुरुष र महिलाले विशेषज्ञ चिकित्सक तथा प्रविधिको प्रयोगमा सञ्चालन हुन लागेको सो शिविरमा सहभागी हुन सर्वसाधारणलाई डा. सुजन अधिकारीले अनुरोध गरेका छन् । मिनील्याप सेवा लिन आउने दिन सेवाग्राही खालीपेट आउनुपर्ने छ । शिविर डा. जगनाथ तिवारी र डा. सुजन अधिकारीको नेतृत्वमा हुने छ ।

अन्य समयमा अस्पतालमा आइतवार र शुक्रवार स्थायी बन्ध्याकरण सेवा सञ्चालन हुँदै आएको छ । भ्यासेक्टोमी वा मिनील्याव दुवैले दैनिक जीवनमा त्यस्तो कुनै असर पार्दैन । केही दिन  सामान्य सावधानी अपनाए पुग्छ यद्यपी यसले मानिस कमजोर बनाउँछ भन्ने भ्रम कायमै छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts