चिकित्सक संघ चुनावः मतदान केन्द्रमा डाक्टर खचाखच, तीनघण्टामै ७ सय भोट खस्यो



Download our app to get more features

काठमाडौं, १८ माघ । नेपाल चिकित्सक संघको जारी निर्वाचन अन्तर्गतको दोश्रो चरणको दोश्रो दिन शनिवार उल्लेखीय चिकित्सक मतदानमा सहभागी भएका छन् । 

प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले अपरान्ह २ बजेसम्म ७ सयभन्दा धेरै भोट खसेको बताए । शनिवार भएकाले आज सबैभन्दा धेरै मत खस्ने भन्दै डा. मरासिनीले ४ बजेसम्ममा करिब १२ सय मत खस्ने आंकलन गरे । निर्वाचनमा भाग लिन आएका चिकित्सकहरु पंक्तिवद्ध भएर मतदानमा सहभागी भएका छन् । पेशागत छाता संगठनले आफ्ना हकअधिकार सुरक्षित गर्न नेतृत्व गर्ने भन्दै चिकित्सकहरुले मतदानमा सहभागी भएको बताए । 

संघको नयाँ कार्यकारी समिति चुन्ने दोश्रो चरण चुनाव अन्तर्गत राजधानीमा शुक्रवारदेखि मतदान सुरु भएको हो । माघ २१ गतेसम्म चल्ने मतदानमा करिब ६ हजार चिकित्सकले मतदान गर्ने अपेक्षा गरिएपनि सो संख्या पुग्ने देखिँदैन । चिकित्सक संघको चुनावमा यसअघि पनि करिब आधामात्र सदस्यले मतदान गर्ने गरेको आंकडा छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts