स्वास्थ्य सेवाको १२ औं तहमा बढुवाका लागि ५ जनाको नाम सिफारिस



Download our app to get more features

काठमाडौं, २१ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२ औं तहको बढुवाका लागि ५ जनाको नाम सिफारिस गरिएको छ । 

सरकारको मुख्यसचिव अध्यक्ष रहने तथा लोकसेवा आयोग र मन्त्रालयका सचिव सदस्य रहने सो समितिले निवेदन दिएका मध्येबाट पाँचजनाको नाम सिफारिस गरेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । बढुवामा पर्नेमध्ये एकजनाले आइतवारको बैठकबाट आफुहरुको नाम सिफारिस गरिएको पुष्टि गरे । 

बढुवाको सिफारिसमा पर्नेहरुमा डा.रोशन पोखरेल (हालका स्वास्थ्य सेवा विभागका महानिर्देशक) डा. दीपेन्द्ररमण सिंह (अनुगमन मुल्यांकन महाशाखा प्रमुख), डा. भीमसिंह तिंकरी (परिवार कल्याण महाशाखाका प्रमुख), डा. केदार सेन्चुरी (वीर अस्पतालका निर्देशक) र डा. महेन्द्र श्रेष्ठ (नीति योजना महाशाखा प्रमुख) रहेका छन् । सिफारिस भएका मध्ये ३ जनालाई मन्त्रीपरिषद्ले १२ औं तहमा बढुवा गर्नेछ । तीनै मध्येबाट एकजना स्वास्थ्य मन्त्रालयको सचिव हुनेछन् । डा. पुष्पा चौधरीको राजीनामा पछि रिक्त सविच पदमा बढुवा भएकामध्येबाट एकजना सचिव हुनेछन् । त्यसपछि रिक्त हुने एउटा १२ औं तहको विशेषज्ञ पदमा यीन पाँचजनामध्येबाट चौथो नम्बरमा पर्ने व्यक्ति पुनः बढुवा गरिनेछ । 

लामो समयदेखि बढुवा सिफारिस नभएको भन्दै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु अन्योलमा थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts