चीनबाट ल्याइने नेपालीलाई चार स्थानमा राखिने



Download our app to get more features

काठमाडौं, २३ माघ । कोरोना प्रभावित चीनको वुहानबाट नेपाल आउन चाहने नेपाली विद्यार्थी र नागरिक राख्न सरकारले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी ती स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । सो क्रममा प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किने चाहना राख्दै चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका । 

Last modified on 2020-02-06 14:11:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts