चिकित्सक संघमा लोकतान्त्रिक समूहको अग्रता बढ्यो, डा. अनिल कार्कीले पाए सबैभन्दा धेरै मत



Download our app to get more features

काठमाडौं, २४ माघ । नेपाल चिकित्सक संघको याँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । 

जारी मतगणनामा यसअघिका वर्ष झैं लोकतान्त्रिक समूहले अग्रता लिएको छ । मुख्यतः अध्यक्षमा सुरुवाती अग्रता लिएका लोकतान्त्रिक समूहका उम्मेदवार डा. लोचन कार्कीले मतान्तर बढाउँदै लगेका छन् । ६ सय ६६ भोट गन्दा सम्म डा. कार्कीले ४ सय ११ भोटसहित झण्डै दोब्बरले अग्रता लिएका छन् । उनका प्रतिद्वन्दी पेशागत समावेशी समुहका डा. पुष्पमणि खरालले २ सय ४८ मत पाएका छन् ।

उपाध्यक्षमा पनि लोकतान्त्रिक समुहका डा. शिवप्रसाद श्रेष्ठले ३ सय ८४ मतसहित अग्रता लिइरहेका छन् । उनका प्रतिद्वन्दी यसअघि कोषाध्यक्षमा निर्वाचित प्रगतिशिल समुहकी डा. रक्षा श्रेष्ठले २ सय ५३ मत पाएकी छिन् । अर्का उपाध्यक्षका उम्मेदवार पनि लोकतान्त्रिक समूहकै सशक्त देखिएका छन् । महासचिवका लागि चर्चा चलेका डा. अनिल विक्रम कार्कीले सबैभन्दा धेरै मत सबैभन्दा धेरै ४ सय ४५ मतसहित अग्रता लिइरहेका छन् । उनका प्रतिद्वन्द्वी डा. रञ्जित कुमार झाले १ सय ९८ मतमात्र ल्याएका छन् । 

त्यस्तै महासचिवमा पनि लोकतान्त्रिक समूहकै अग्रता छ । लोकतान्त्रिक समूहका उम्मेदवार डा. बद्रि रिजालले ३ सय मत ल्याउँदा उनका तीनजना प्रतिस्पर्धी कसैले २ सय मत कटाउन सकेका छैनन । पेशागत समावेशी समूहबाट महासचिवका उम्मेदवार बनेका डा. मधूर बस्नेतले १ सय ७५ भोट ल्याउँदा अर्का स्वतन्त्र उम्मेदवार डा. दीपेन्द्र पाण्डेले १ सय १७ भोट ल्याएका छन् । महासचिवका अर्का स्वतन्त्र उम्मेदवार डा. अजय कुमार मिश्राले ६१ भोट ल्याएका छन् । 

कोषाध्यक्षमा पनि लोकतान्त्रिक समूहका डा. प्रकाश बुढाथोकीले अग्रता लिएका छन् । उनको ३ सय ९१ मत आउँदा प्रतिद्वन्दी सञ्जित कुमार शाहले २ सय ४५ भोट आएको छ । 

हेरौं ६ सय ६६ मत गन्दाको ताजा परिणाम

Last modified on 2020-02-07 21:28:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts