कस्तो अवस्थाका बच्चालाई आवश्यक हुन्छ पिआइसियु ? (भिडियोसहित)



Download our app to get more features

बालबालिकाको उपचारमा कहिलेकाही जटिल अवस्था आउन सक्छ । यस्तो अवस्थामा उनीहरूलाई डाक्टर र नर्सको चौबिसै घण्टा प्रत्यक्ष निगरानी आवश्यक हुन्छ । यस्तो अवस्थाका बालबालिकालाई राखेर उपचार गरिने कक्षलाई बाल उपचार सघन कक्ष अर्थात पिआइसियु भनिन्छ । 

सामान्यतया पिआइसियुमा अलि गम्भीर अवस्थाका बिरामी बच्चालाई राखिन्छ । पिआइसियुमा दुई महिनादेखि १५ वर्ष सम्मका बच्चालाई राखेर उपचार गरिन्छ । कडा किसिमको संक्रमण, गहिरो चोटपटक लागेका, मुटुको शल्यक्रिया गरिएकालगायत बच्चालाई धेरै हेरचाह गर्नुपर्ने हुन्छ । यसकारण पनि पिआइसियु अन्य कक्ष भन्दा फरक हुने नेपाल मेडिसिटी अस्पतालको पिआइसियु कक्षमा कार्यरत डा. आना शर्मा बताउँछिन् । उनका अनुसार पिआइसियुमा एक बिरामी बराबर एक नर्सको व्यवस्था गरिएको हुन्छ । 

लगातार मुटुको थड्कन, श्वासप्रश्वास, शरीरमा अक्सिजनको मात्रा कति छ जस्ता सूचना मनिटर गरिरहनु पर्ने हुन्छ । यो पिआइसियुमा भैरहेको हुन्छ । बिरामीलाई आवश्यक पर्ने अन्य भेन्टिलेटर, थेरापीहरू पनि पिआइसियु कक्षमा नै उपलव्ध हुन्छ । निमोनिया भएका बालबालिकालाई पनि यस कक्षमा राखेर उपचार गरिन्छ । पिआइसियुमा फिजियोथरापीदेखि डाइटसम्ममा विशेष ध्यान दिइन्छ ।

पिआइसियुमा अन्य के कसरी उपचार हुन्छ भन्ने विषयमा डा. शर्मासँग गरिएको कुराकानी यसप्रकार छ ;–

हेरौं भिडियो

Last modified on 2020-02-11 11:05:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts