चिकित्सक संघमा एकजना सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक समूह जीत नजिक 



Download our app to get more features

काठमाडौं, २७ माघ । राजधानीमा जारी नेपाल चिकित्सक संघको चुनावी मतगणनामा एक सदस्य बाहेक प्राय सबै पदमा लोकतान्त्रिक समूहले फराकिलो अग्रता बनाउँदै जित नजिक पुगेको छ । 

करिब ६ हजार २ सय मतमध्ये हालसम्म ४ हजार  ९ सय ८५ मत गनिएको छ । जसमध्ये सबैभन्दा धेरै भोट लोकतान्त्रिक समूह तर्फका अध्यक्षका उम्मेदवार डा. लोचन कार्कीले प्राप्त गरेका छन् । उनले ३ हजार ३ सय २४ मत पाएका छन् । उनका प्रतिद्वन्दी पेशागत समावेशी समूहका अध्यक्षका प्रत्यासी डा. पुष्पमणि खरालले १ हजार ६ सय ८  मत पाएका छन् । 

कार्कीपछि सबैभन्दा धेरै भोट उपाध्यक्षका लोकतान्त्रिक समूहका उम्मेदवार डा. अनिलविक्रम कार्कीले ३ हजार २ सय २० मत पाउँदा उनका प्रतिद्वन्दी डा. रञ्जित कुमार झाले जम्मा १ हजार ५ सय ८० मतमात्र पाएका छन् ।

प्यानलमै लोकतान्त्रिक समूहले फराकिलो अग्रता बनाएपनि पेशागत समावेशी समूहबाट सदस्यमा उम्मेदवार बनेका युवा चिकित्सक डा. लिजन महर्जनले जित्ने सम्भावना जीवितै राखेका छन् ।  ६ जना सदस्य रहने कार्यसमितिका लागि उनले २ हजार २ हजार २ सय ६९ मत ल्याउँदै पाँचौ नम्बरमा रहेका छन् । त्यसो त अझै १२ सय मत गन्न बाँकी छ । 

यद्यपी लोकतान्त्रिक समूहका कतिपय उम्मेदवारहरु भने जीत निश्चित भएको भन्दै खुशीयाली मनाउन थालिसकेका छन् । कतिपयलाई शुभचिन्तकहरुले सामाजिक सञ्जालमा बधाइ दिन थालिसकेका छन् । संघको २९ औं कार्यकारिणी समितिका लागि भएको निर्वाचनको मतगणना भोलिसम्म सकिने निर्वाचन समितिले आंकलन गरेको छ । 

हेरौं ४ हजार ४ हजार ९ सय ८५ मत गन्दाको परिणाम

 

Last modified on 2020-02-10 20:19:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts