रुघाखोकी प्रभावित क्षेत्र जुगलमा पठाइयो स्वास्थ्यकर्मीको टोली

सिजनल फ्लू भएको प्रदेश सरकारको भनाइ



Download our app to get more features

 सिन्धुपाल्चोक, २९ माघ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भेटिएका बिरामीको नमूना परिक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

गाउँपालिका ३ साविकको गुम्बा गाविस वडा नम्बर ८ मा माघ २३ गतेबाट अहिलेसम्म बिरामी पर्नेको संख्या एक सय पुगिसकेको समाचार आएपछि प्रदेश सरकारले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाएर नमूना संकलन गरि प्रदेश प्रयोगशाला पठाएको हो ।

बागमति प्रदेशका सामाजीक विकासमन्त्री युवराज दुलालले रुघाखोकी लाग्ने, अत्यधिक ज्वरोले मानिसहरु बिरामी पर्न थालेकाले कोरोना भाइरसको आशंका गरिएको हल्ला मात्रै भएको र त्यो सिजनल फ्लू भएको बताएका छन् ।

एक सातामै रुघाखोकी र ज्वरोले मानिसहरु बिरामी हुन थालेपछि नोवेल कोरोना भाइरस हो की भन्ने गलत हल्ला सामाजीक सञ्जालमा फैलाइएको भन्दै उनले प्रभावित क्षेत्रमा दक्ष जनशक्ति पठाइएको र चाँडै रोगबारे पत्ता लाग्ने बताए ।

चीनसँग नाका जोडिएपनि अहिले त्यस क्षेत्रमा आवतजावत बन्द गरिएको भन्दै मन्त्री दुलालले कोरोनाबारे गतल अफवाह फैलाइएको हुनाले अनावश्यक हल्लाको पछाडि नलाग्न र सचेत रहन सबैलाई आग्रह पनि गरेका छन् ।

Last modified on 2020-02-12 14:04:23

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts