चीनबाट धनगढी फर्केका युवक सेती अस्पतालमा भर्ना, कोरोना संक्रमणको आशंका



Download our app to get more features

धनगढी, २९ माघ । चीनबाट फर्किएका युवक सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। चीनमा अध्ययनरत कैलालीका एकजना विद्यार्थी बुधवार अस्पताल भर्ना भएका हुन्।

सेती प्रादेशिक अस्पतालको इमरजेन्सी विभाग प्रमुख डाक्टर जगदिश प्रसाद जोशीले चीनबाट फर्किएका विद्यार्थी उपचारका लागि भर्ना भएको पुष्टि गरे। उनका अनुसार समान्य ज्वरो र घाटी दुःख्ने समस्या देखिएको भन्दै  अस्पताल भर्ना भएका ती विद्यार्थीलाई छुट्टै कक्षमा राखिएको छ। उनलाई कोरोना भाईसरको संक्रमण भएको आशंकामा नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने तयारी भईरहेका डाक्टर जोशीले बताए।

यसअघि शनिबार मात्र धनगढीका अर्का युवक सोही खालका लक्षण देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको पनि नमूना संकलन गरी जनस्वास्थ्य प्रयोगशाला पठाईएको सेती अस्पातलले जनाएको छ। तर रिर्पोट आईसकेको छैन्।

अहिले चीनमा कोरोना भाइरस फैलिएकाले नेपालमा पनि संक्रमण हुन सक्ने भन्दै सतर्कता अपनाईएको छ। सेती अस्पतालमा पनि कोरोना भाईरसलाई लक्षित गर्दै छुट्टै उपचार कक्ष स्थापना गरिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts