चिकित्सा शिक्षा आयोगले लियो बीएण्डसी मेडिकल कलेजको सम्बन्धन सम्बन्धी निवेदन

पहिले दर्ता नभएकै निवेदन दर्ता



Download our app to get more features

काठमाडौं, २ फागुन । चिकित्सा शिक्षा आयोगले बिएण्डसी मेडिकल कलेजको सम्वन्धनका लागि दिइएको विवादास्पद निवेदन दर्ता गरेको छ । गत मंसीर १५ गतेको मितिमा रहेको निवेदन यसअघि आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले दर्ता गर्न नमानेको बिएण्डसीका सञ्चालक दुर्गा प्रसाईंले बताएका थिए । सोही निवेदन  फागुन १ गते बिहीवारको मितिमा दर्ता गरिएको हो ।

यसअघि निवेदन दर्ता नभएपछि कलेल सञ्चालक प्रसाईले बिएण्डसी कलेजलाई सम्बन्धन दिनका लागि डा गिरीले २० करोड घुस वा १० प्रतिशत शेयर मागेको आरोप लगाउँदै अख्तियार र सम्पति शुद्धिकरणमा उजुरी दिएका थिए । गिरीले पनि आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै प्रसाई विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र मानहानीको मुद्दा हालेका थिए । साथै उनले, सुरक्षाको माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिएका थिए । सो सम्बन्धमा कलेज सञ्चालक प्रसाई बुधवारै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा हाजिर भै छुटिसकेका छन् । 

पुरानै निवेदन दर्ता 
बीएण्डसी मेडिकल कलेजले आयोगमा यसअघि दिएर दर्ता नभएको भनिएकै निवेदन यसपाली भने दर्ता भएको छ । यसअघि निवेदन दर्ता गर्न खोज्दा गिरीले कागजात नपुगेको भन्दै गत मंसिर १० गते फर्काएको थियो । अहिले दर्ता भएको निवेदनमा सोही मिति उल्लेख छ । यसको अर्थ कलेजले पहिले दर्ता नभएकै कागजात दर्ता गराएको छ र आयोगले बुझेको छ । एउटै कागजात पहिले किन दर्ता भएन र अहिले कसरी दर्ता भयो भन्ने विषय चाहीँ रहस्यमय देखिएको छ । 


 

Last modified on 2020-02-14 17:44:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts