किन बस्छ डिम्बबाहिनी नलीमा बच्चा ? 



Download our app to get more features

डा.जागेश्वर गौतम 
निर्देशक परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, थापाथली 

 सामान्यतया गर्भवती हुँदा बच्चा बस्ने नलीमा बस्ने गर्छ । यसरी बच्चा बसेको बच्चा ४,५ दिनपश्चात् भ्रुणमा परिणत हुन्छ र पाठेघरमा आउँछ । नगन्य महिलाहरु उक्त नलीबाट बच्चा पाठेघरमा नआई त्यही अल्मलिएर बस्ने अवस्था हुन्छ । सामान्यतया यस्तो अवस्थालाई डिम्बबाहिनी नलीमा बच्चा बसेको अवस्था भनी बुझिन्छ ।  उदाहरणका लागि जसरी बाटो बिराएको अवस्थामा गाडी रोकिने गर्छ नलीमा बच्चा बस्ने अवस्था पनि उस्तै उस्तै हो ।

 कारणहरु  –
त्यसको मुख्य कारण विभिन्न प्रकारका संक्रमण । 
अत्याधिक मात्रामा औषधीको सेवन । 
गर्भवती हुनुपूर्व गरिएको पेटको शल्यक्रिया ।
मासिक रुपमा एक भन्दा बढी डिम्ब बन्नु । 

डिम्बबाहिनी नलीमा बच्चा बसेको पहिचान कसरी गर्ने? 
–    यदि कुनै पनि महिलाको बच्चा डिम्बबाहिनी नलीमा बसेको छ भने अल्ट्रासाउन्ड गर्दाे पाठेघरमा बच्चा देखिदैंन । 
–    अस्वाभाविक रुपमा पेट दुख्नु । 
–    अत्याधिक मात्रामा रक्तसाव्र हुनु । 
–    बेहोस हुनु ।
यस्तो समस्याबाट बच्ने उपायहरु छैनन् बरु रोग लागेमा बेलैमा उपचार गर्नुपर्ने हुन्छ ।   बेलैमा पहिचान तथा उपचार हुन सकेन भने अकालमै ज्यान जान्छ । 

 
 

Last modified on 2020-02-15 15:20:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts