सिटी हस्पिटलका डाक्टरको लापरबाहीः महिलाको पेटमै छोडे शिशुको अवशेष



Download our app to get more features

जनकपुरधाम, ५ फाल्गुन । जनकपुरको सिटी हस्पिटलका डाक्टरको लापरबाहीले गर्दा एक जना महिला गम्भीर बिरामी परेकी छन् ।

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २५ वर्षीया महिला चन्दा देवीको ७ महिना पहिले गर्भमै बच्चाको मृत्यु भएपछि गरिएको गर्भपतनको क्रममा पेटमा बच्चाको शरिरको अवशेष छुटेपछि उनी सिकिस्त बिरामी परेकी हुन् ।

गत असार १० गत्ते ६ गर्भमा रहेको बच्चाको मृत्यु भएको थाहा पाएपछि पीडित महिला जनकपुरस्थित सिटी हस्पिटलमा गर्भपतन गराउन पुगेकी थिइन् । 

६ महिनाको बच्चाको गर्भमै मृत्यु भएपछि चिकित्सकको सल्लाहमा बच्चालाई बाहिर निकालिएको थियो । त्यसयता उनी पटक पटक बिरामी हुन थालिन् । उनी बिरामी भएपश्चात अस्पतालका प्रमुख डा.राम नरेश पण्डितले उनको नियमित रुपमा उपचार गर्दै आएको उनका पति राजेश पाण्डेले बताए ।

गर्भपतनपछि पटक पटक बिरामी हुँदै आएकी चन्दाले अर्का स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.आर एन झासँग जाँच गराउँदा पेटमा बच्चाको अवशेष रहेको पुष्टि भएको उनले जानकारी दिए । 

उपचारको लागि भर्ना भएकी चन्दा कुमारी देवीको माघ २३ गते अप्रेशन गरेर पेटबाट बच्चाको शरीरको अवशेष झिकेको पीडित चन्दाका श्रीमान् पाण्डेले जानकारी दिए । लामो समयसम्म बच्चाको अवशेष आमाको पेटमा रहेकोले गम्भीर बिरामी परेपछि महिलालाई उपचारका लागि अहिले काठमाडौंस्थित भ्याली नर्सिङ्ग होममा राखिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts