जनकपुरमा एकदिने निःशुल्क स्वास्थ्य जाँच शिविर 



Download our app to get more features

जनकपुरधाम, ६ फागुन । जानकी मेडिकल कलेज र प्रदेश २ अन्तर्गतका प्रहरी कार्यालयको सहयोग एवं प्रदेश २ प्रहरी श्रीमती संघको आयोजनामा जनकपुरमा एक दिने निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।
‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत संघीय प्रहरी इकाई कार्यालय जनकपुरको प्राङ्गणमा सम्पन्न शिविरमा प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कर्मचारी तथा उनीहरुको परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिएको थियो । 

प्रहरी नायव महानिरीक्षक प्रधुम्न कार्की र प्रहरी श्रीमती संघकी अध्यक्ष सुष्मा थापा कार्कीबाट शिविरको उद्घाटन गरिएको थियो । शिविरमा छाला रोग, हाड जोर्नी, प्रसूति,आँखा, जेनरल मेडिसिन, स्त्री रोग र ल्याव सेवा सञ्चालन गरिएको थियो । शिविरमा कोरोना भाईरससम्बन्धी परामर्श र निःशुल्क औषधि पनि दिइएको थियो । शिविरबाट चार सय व्यक्तिले सेवा लिएको संघीय प्रहरी इकाई कार्यालय जनकपुरका प्रवक्ता एवं सूचना अधिकारी जयराज सापकोटाले जानकारी दिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts