मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मनमोहन सेन्टरमा



Download our app to get more features

काठमाडौं, ६ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । 

मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका हुन् । उनको  अहिले उपचार भइरहेको छ । प्रधानमन्त्रीको उपचारमा संलग्न डा.अरुण शायमीका अनुसार प्रधानमन्त्रीको मुटुको एन्जीयोग्राफी गरिएको छ । 

उनी आजै घर फर्कन्छन् वा अस्पतालमै बस्छन् भन्ने विषयमा अहिलेसम्म खुलाइएको छैन ।

Last modified on 2020-02-18 19:56:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts