प्रदेश २ को मधेश भवन परिसर भित्र सूर्तिजन्य पदार्थ सेवनमा रोक



Download our app to get more features

जनकपुरधाम, ६ फाल्गुन । प्रदेश २ सरकारले मधेश भवन परिसरमा सूर्तिजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबारदेखि लागू हुने गरी मधेश भवन परिसरमा चुरोट, बिडी, सिगरेट, सूर्ती, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ सेवन गर्न र बोक्न निषेध गरेको हो ।

मधेश भवनको मूलढोकामा सुरक्षागार्डले मन्त्रालय आउने सेवाग्राही र कर्मचारीको खानतलाशी गर्ने र सूर्तिजन्य पदार्थ बोकेको पाईएमा त्यसलाई फाल्न गेटमा डस्टबिनको व्यवस्था गरिएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालायले सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले मंगलबारदेखि यसको प्रभावकारी थालनि गरिएको जनाएको छ । 

मादक पदार्थ, मनोदीपक पदार्थ र लागु पदार्थको सेवन गरि हुने सम्भावित चोरी,भौतिक संरचनामा क्षति एवं लैङ्गिक हिंसाका घटनाहरु तथा बिभिन्न अपराधिक क्रियाकलापहरूलाई दृष्टिगत गर्दै सुरक्षा संवेदनशीलता समेतलाई ध्यानमा राखी मधेश भवन परिसर भित्र मादक पदार्थ, मनोदीपक पदार्थ तथा लागु पदार्थको सेवनलाई प्रदेश सरकार मन्त्रीपरिषदको निर्णय अनुसार पुर्ण रुपमा निषेधित गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए । 

लागु औषधजन्य पदार्थ र मादक पदार्थ मधेश भवन भित्र ल्याउन र भण्डारण गर्न साथै त्यस्ता पदार्थहरुको सेवन गरी यस परिसर भित्र प्रवेश गर्न निषेधित गरिएकाले त्यस्ता  पदार्थहरु साथमा भेटिए नियमानुसार कारवाही हुने मन्त्रालयले जनाएको छ ।

 

 

Last modified on 2020-02-18 21:37:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts